चार्ल्स शोभराजलाई १५ दिन भित्र स्वदेश फिर्ता पठाउनु : सर्वोच्च अदालत
काठमाडाैं । विकिनी किलरका रुपमा परिचित कुख्यात फ्रेन्च नागरिक चार्ल्स शोभराजलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।
जिल्ला अदालत भक्तपुरले २८ मंसिर २०३२ मा भएको अमेरिकी नागरिक कोन्नी जो ब्रोन्चीच र त्यसको ३ दिनपछि भएको क्यानडिन नागरिक क्यारियरे लरेन्टको हत्या अभियोगमा सर्वश्वसहित जन्मकैदको सजाय सुनाएको थियो ।
आज न्यायाधीशहरु सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको इजलासले शोभराज छाड्न आदेश दिएको हो ।
बन्दी प्रत्यक्षीकरण मुद्दामा आज न्यायाधिशहरु प्रधान र श्रेष्ठको संयुक्त इजलासले सुनुवाई गर्दै शोभराजलाई आजै थुनामुक्त गर्न आदेश दिएको हो ।
ज्येष्ठ नागरिकलाई दिईँदै आएको कैद छुटको सुविधा शोभराजले पनि पाउनु पर्ने भन्दै बन्दी प्रत्यक्षीकरणको रिट परेको थियो । उनलाई १५ दिन भित्र आफ्नो देश फर्काउन आवश्यक व्यवस्था मिलाउन समेत आदेश दिएको छ ।
शोभराजको मुद्यामा वकालत गर्दै आएकी कानुन व्यवसायी शकुन्तला विश्वासले सर्वाेच्चकाे आदेशले आफु खुसी भएको अभिव्यक्ति दिएकी छन् ।
लामो समय देखी शोभराजको न्यायको लागि लडिरहेको बताउँदै उनले आफु सफल भएको बताइन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया