कांग्रेस निर्वाचन : जसले गरिन् अस्पतालबाटै मतदान
काठमाडौं । बुधबार सम्पन्न कांग्रेस संसदीय दलको निर्वाचनका क्रममा कांग्रेसका ८९ जना सांसदले नै मतदान गरेका थिए । त्यसमध्ये एक महिला सांसद भने स्वास्थ्यका कारण मतदानस्थलमा सहभागी हुन सकिनन् । उनलाई अस्पतालमा नै मतदान गर्ने व्यवस्था मिलाइएको थियो ।
ओम अस्पतालमा उपचाररत सांसद माया राईले अस्पतालबाटै मतदान गरेकी हुन् । उनी सुत्केरी भएर अस्पतालमा रहेका कारण निर्वाचन समिति र उम्मेदवारको प्रतिनिधिको रोहवरमा अस्पतालमै मतपत्र लगेर मतदान गरी सिलबन्दी गरेर ल्याइएको निर्वाचन समितिले जनाएको छ ।
उनलाई मतदान गर्ने प्रबन्ध मिलाउन निर्वाचन समितिका तर्फबाट सूर्य भट्टराई र दुवै उम्मेदवारका प्रतिनिधि अस्पताल पुगेका थिए ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया