टाटा मोटर्सको विद्युतीय सवारी किन्न प्रभु बैंकले सस्तोमा कर्जा दिने
काठमाडौं । प्रभु बैंक र सिप्रदी ट्रेडिङ्गबीच विद्युतीय सवारीसाधनमा लगानी सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।
उक्त सम्झौतामा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत मनिराम पोखरेल र सिप्रदी ट्रेडिङ्गका तर्फबाट महाप्रबन्धक शावन्त जंग सिजापतिले उक्त सम्झौतामा हस्ताक्षर गरेका छन् ।
बैंक र ट्रेडिङ्गबीच सम्पन्न उक्त सम्झौता अनुसार सिप्रदी ट्रेडिङ्गबाट ग्राहकले टाटा मोटर्स अन्तर्गतका विद्युतिय सवारी खरिद गर्दा छिटो, छरितो र सहजताका साथ प्रतिस्पर्धी ब्याजदरमा सवारी साधन कर्जा प्राप्त गर्ने छ ।
यस सम्झौताबाट पेट्रोलियम पदार्थ खपतमा आधारित सवारीसाधनलाई विद्युतीय सवारीसाधनले प्रतिस्थापन गरी वातावरणिय सन्तुलनको दृष्टिकोणमा सहयोगी हुने बैंकले विश्वास लिएको जनाएको छ ।
हाल प्रभु बैंकले देशभर रहेको २१७ शाखाबाट नै कर्जा सुबिधा उपलब्ध हुने बैंकले जनाएको छ ।
ताजा अपडेट
-
पहिरोका कारण देशका विभिन्न जिल्लाका मुख्य राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित
-
मुग्लिन–काठमाडौं सडक साँझ ६ बजेसम्म बन्द
-
हेटौँडा–काठमाडौँ वैकल्पिक सडक सञ्चालनको तयारी
-
देशभर मनसुनी वायुको प्रभाव कायमै, यी स्थानमा आज पानी पर्ने
-
दिदीबहिनीलाई तीजको उपहार किनेर राखे, तर गोविन्दले दिन पाएनन्


प्रतिक्रिया