नेपाल इन्भेष्टमेण्ट बैंकद्वारा ११ प्रतिशत लाभांश प्रस्ताव पारित
काठमाडाैं । नेपाल इन्भेष्टमेण्ट बैंकले शेयरधनीलाई ११ प्रतिशत लाभांश वितरण गर्ने निर्णय पारित गरेको छ । बैंकको बैंकको आज भएको ३६औँ वार्षिक साधारणसभाले चार प्रतिशत बोनस शेयर र सात प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय पारित गरेको हो ।
साधारणसभाले मेगा बैंकसँग मर्जरमा जाने निर्णय पनि पारित गरेको छ । दुवै बैंक छिट्टै मर्जर प्रक्रिया सम्पन्न गरी संयुक्त कारोबार गर्ने प्रक्रियामा छन् ।
बैंकले गत आवमा बैंकले रु छ अर्ब २८ करोड सञ्चालन मुनाफा तथा रु तीन अर्ब ७९ करोड खुद मुनाफा आर्जन गरेको छ । बैंकको चुक्ता पूँजी रु १९ अर्ब तीन करोड पुगेको छ । बैंकले अघिल्लो वर्ष एक सय ७९ अर्ब ४० करोड निक्षेप सङ्कलन गरेकोमा गत वर्ष एक सय ८६ अर्ब ७६ करोड सङ्कलन गरेको छ ।
साथै बैंकको कर्जा प्रवाह अघिल्लो वर्ष रु एक सय ६१ अर्ब ९१ करोड रहेकोमा गत आवमा रु एक ६४ अर्ब ८२ करोड पुगेको छ ।
ताजा अपडेट
-
इन्सपेक्टर पौडेलले गरे सगरमाथा आरोहण
-
ग्रिनकार्डको प्रलोभनमा बिहे गरेर चीनमा नेपाली युवतीको तस्करी
-
सिडिओ कार्यालयका अधिकृतलाई गोली हानी हत्या गर्ने १६ वर्षपछि समातिए
-
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक
-
वैशाख मसान्तसम्ममा ११ खर्ब ७७ अर्ब व्यापार घाटा
प्रतिक्रिया