आगलागीमा घर गोठ नष्ट
ढोरपाटन । बागलुङको ताराखोला गाउँपालिका–२ अर्गलमा आगलागी हुँदा घर गोठ जलेर नष्ट भएको छ । गए राति स्थानीय वीरबहादुर घर्ती मगरको घर गोठमा आगलागी भएको हो । आगलागीमा मानवीय क्षति भने भएको छैन ।
आगलागीमा दुई घरगोठसहित पसल, ४५ हजार नगद, दुई तोला सुन, चौपाया, खाद्यान्न जलेर नष्ट भएको ताराखोला गाउँपालिकाका निवर्तमान अध्यक्ष प्रकाश घर्ती मगरले जानकारी दिए ।
उनका अनुसार लागलागीबाट २५ लाख बराबरको क्षति भएको छ । राति खाना खाएर चुलोमा पानी बसालेर छिमेकीको घरमा गएको बेला अचनाक आगलागी भएको घर्तीको भनाइ छ ।
आगो घर गोठ सबै जलेर नष्ट भएपछि आफैँ नियन्त्रणमा आएको उनले बताए । अग्निपीडित अहिले आफन्तकोमा आश्रय लिएको घर्तीको भनाइ छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया