प्रचण्डलाई भेटेर प्रकाशमान सिंह पुगे बालुवाटार
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेलगत्तै नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।
अध्यक्ष दाहालसँगको भेटको सन्देश लिएर सिंह प्रधानन्त्री तथा पार्टी सभापति समेत रहेका शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका हुन ।
प्रचण्डसँगको भेटमा प्रचण्डले कुनैपनि हालतमा पहिलो चरणमै आफु प्रधानमन्त्री हुनुपर्ने अडान राखेपछि सिंह बालुवाटार पुगेका हुन ।
नेपाली कांग्रेसले पनि पहिले प्रधानमन्त्री पद आफुले पाउनु पर्ने दावी गर्दै आएका छ ।
राष्ट्रपतिले प्रधानमन्त्री पदको दावीका लागि दिएको समय नजिकिँदै गर्दा दलहरु बिचकाे राजनीतिक भेटघाटले तीव्रता पाएकाे छ ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया