साताको अन्तिम दिन सुनको मूल्य ६ सय रूपैयाँले उकालो
काठमाडाैं । यो साता उच्च मुल्यका साथ बढेको सुनको मूल्य साताको अन्तिम दिन पनि बढेको छ । आज सुनको मुल्य तोलामा ६ सय रूपैयाँ बढेर एक लाख २ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन तोलामा तीन हजार पाँच सय रूपैयाँ घटेर एक लाख २ हजार रूपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार बुधबार छापावाल सुन तोलामा २ हजार ५ सय रूपैयाँ बढेर एक लाख पाँच हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो । जुन हालसम्मकै उच्च मूल्य थियो ।
मंगलबार भने सुनको मूल्य स्थिर थियो । सोमबार सुनको मूल्य तोलामा एक हजार एक सय रूपैयाँ बढेर एक लाख ३ हजार रूपैयाँमा कारोबार भएको थियो । त्यसभन्दा अघि आइतबार छापावाल सुन तोलामा २ हजार बढेर एक लाख एक हजार ९ सय रूपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै बिहीबारको लागि एक लाख एक हजार पाँच सय रूपैयाँ कायम गरिएको तेजावी सुनको मूल्य आजको लागि एक लाख २ हजार एक सय रूपैयाँ तोकिएको छ ।
आज चाँदीको मूल्य तोलामा १० रूपैयाँ घटेको छ । महासंघका अनुसार बिहीबार तोलामा ४५ रूपैयाँ घटेर एक हजार ४०५ रूपैयाँमा कारोबार भएको चाँदी आज एक हजार ४१५ रूपैयाँमा कारोबार भइरहेको हो ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया