नयाँ सरकार गठनकाे कसरत : दाहाल बालुवाटारमा
काठमाडाैं । नयाँ सरकार गठनकाे विषयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवाद केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल सुरु भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा दलहरुबीचको शक्ति बाँडफाँटको विषयलाई लिएर छलफल सुरु भएको हो । नयाँ सरकार गठनका लागि छलफल गर्न प्रचण्ड आफैँ बालुवाटार पुगेका हुन ।
दुई दलका पार्टी अध्यक्षहरुबीचको छलफल सकिएपछि एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल समेत बैठकमा सहभागी हुनेछन् ।
नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेस दुवैले पहिलो चरणमै प्रधानमन्त्री हुनु पर्ने दावी गर्दै आएका छन् ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया