बैतडीमा टी–१० क्रिकेट प्रतियोगिता हुने
बैतडी । बैतडीमा आगामी शुक्रबारदेखि टी–१० क्रिकेट प्रतियोगिता हुने भएको छ । उक्त प्रतियोगिता दशरथचन्द नगरपालिका–११ बगलेखानको खेल मैदानमा हुनेछ ।
नागार्जुन रणसैनी युवा क्लब बठ्ठाद्वारा आयोजना गरिएको १५औँ संस्करणको टी–१० क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको क्लबका बरिष्ठ सल्लाहकार श्यामबहादुर चन्दले जानकारी दिए ।
प्रतियोगिताको विजेता टोलीले २५ हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै उपविजेता टोलीलाई १५ हजार प्रदान गरिने आयोजक संस्थाले जनाएको छ । गत संस्करणको टी–१० क्रिकेट प्रतियोगिताको उपाधि कैलपाल क्रिकेट क्लबले जितेको थियो ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया