अफगान महिलालाई काम गर्ने अधिकारबाट वञ्चित नगर्न आग्रह

एजेन्सी । संयुक्त राष्टसङ्घका महासचिव एन्टोनियो गुटेरेसले अफगान महिलालाई काम गर्नबाट नरोक्न तालिबान प्रशासनसमक्ष आग्रह गरेका छन् ।
राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा महिलाले काम गर्न नपाउने तालिवान सरकारको आदेशले आफूलाई चिन्तित तुल्याएको बताउँदै महासचिवले त्यसमा पुनर्विचार गर्न अनुरोध गरेका छन् ।
‘महासचिवले सबै महिलाको काममा सहभागी हुने अधिकारलाई दोहो-याउनुभएको छ, तालिवानको यो निर्णयले सबैभन्दा कमजोर महिला र युवतीलाई मद्दत गर्ने देशभरका धेरै संस्थाको कामलाई कमजोर बनाउने छ,’ अफगान महिलालाई राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा काम गर्न प्रतिबन्ध लगाइएको कथित आदेशबाट महासचिव गुटरेस विचलित भएको उल्लेख गर्दै महासचिवका प्रवक्ता स्टेफेन डुजारिकले एक विज्ञप्ति निकालेर भनेका छन् ।
संयुक्त राष्ट्रसङ्घ र उक्त संस्थाका साझेदार, राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय गैरसरकारी संस्थासहित, जीवन यापनका लागि मानवीय सहायतामा निर्भर दुई करोड ८० लाखभन्दा बढी अफगानीलाई मद्दत गर्दै आएका महिलालाई काम गर्ने अधिकारबाट वञ्चित बनाउन नहुनेमा महासचिवले जोड दिएका छन् ।
अफगानिस्तानमा जीवन र जीविकोपार्जन बचाउन सक्रिय अन्तर्राष्ट्रिय समुदायसँग काम गर्ने महिलामाथि प्रतिबन्ध लगाउँदा अफगान जनतालाई थप अप्ठ्यारोमा पार्ने विज्ञप्तिमा उल्लेख छ ।
ताजा अपडेट
-
करारमा नियुक्ति लिन शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेस
-
जलवायु परिवर्तनले व्यवसायमा पार्ने असर न्यूनीकरण गर्न चेम्बर र युएनडीपीबी सहकार्य
-
टोयोटाको खुद नाफामा ३५ प्रतिशतको गिरावटको प्रक्षेपण
-
चीनमा १४५ प्रतिशत भन्सार महसुल अहिलेलाई कायमै रहनेछ : ट्रम्प
-
कर्णाली प्रदेश : चुरे संरक्षणलाई प्राथमिकता दिनेगरी योजना तयार गरिँदै
प्रतिक्रिया