देउवाले आजै बालुवाटार छाड्ने
काठमाडौं । निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार छाड्ने भएका छन् ।
एमालेलगायत दलको समर्थनमा प्रचण्ड प्रधानमन्त्री नियुक्त भएको भोलिपल्टै देउवाले सरकारी निवास छाड्ने तयारी गरेका हुन् ।
बालुवाटार स्रोतले जनाएअनुसार, प्रचण्डले पद तथा गोपनीयताको शपथ गर्नुअघि नै सरकारी निवास छाडेर निजी निवास जाने तयारी गरेका छन् । देउवाको निजी निवास बूढानीलकण्ठमा छ ।
एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत दलको समर्थनमा प्रचण्ड आइतबार प्रधानमन्त्रीमा नियुक्त भएका थिए । उनले आज अपराह्न चार बजे पद तथा गोपनीयताको शपथ लिँदैछन् । आजै उनले सानो आकारको मन्त्रिमण्डल विस्तार गर्ने पनि बताइएको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया