रुसद्धारा युक्रेनका नयाँ सहरमा आक्रमण
किएभ । रुसी सेनाले शुक्रबार युक्रेनको उत्तरपश्चिम र मध्यपूर्वी क्षेत्रमा रहेका सहरमा आक्रमण गरेका छन् । युक्रेनका सञ्चारमाध्यामहरुले निप्रो र लुट्स सहरमा विस्फोट भएको बताएका छन् । यी सहरमा यसअघि आक्रमण भएको थिएन ।
लुट्सका मेयरले विस्फोट भएको पुष्टि गरेका छन् । उनले सबैलाई सुरक्षित स्थानमा बस्न आग्रह गर्दै नागरिकहरुलाई आफ्नो तस्बिर, ठेगाना र अन्य विवरण गोप्य राख्न फेसबुकमार्फत अनुरोध गरेका छन् । लुट्समा वायुसेनाको विमानस्थल र लडाकु विमान मर्मत गर्ने कारखानामा विस्फोट गरेको पुष्टि भएको छ ।
लुट्समा भएको आक्रमणमा २ युक्रेनी सैनिक मारिएका र ६ सैनिक घाइते भएको क्षेत्रीय प्रशासन प्रमुख युरियो पोहुल्याकोले बताएको बिबिसीले उल्लेख गरेको छ । निप्रोमा पनि तीन ठाउँमा विस्फोट भएको छ । त्यहाँ अहिलेसम्म १ जनाको मृत्यु भएको पुष्टि भएको छ ।
त्यस्तै दक्षिणपश्चिमी सहर इभानो–फ्रांकिभ्स्कमा पनि विस्फोटको आवाज सुनिएको बताइएको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया