रविको नेतृत्वमा रास्वपा सरकारमा जाने
काठमाडौं । प्रतिनिधिसभामा चौंथो ठुलो दल रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रवि लामिछानेको नेतृत्वमा सरकारमा सहभागी हुने निर्णय गरेको छ ।
सोमबार बसेको पार्टीको बैठकले लामिछानेकै नेतृत्वमा सरकारमा सहभागी हुने निर्णय गरेको हो । प्रचण्डलाई प्रधानमन्त्री बनाउन समर्थन गरेको रविले उप्रधानमन्त्री दाबी गरेको स्रोतले बतायो ।
एमाले अध्यक्ष केपी ओली निवासमा आइतबार बसेको बैठकमा एमाले, माओवादीसहित सात दलले प्रचण्डलाई प्रधानमन्त्री बनाउने निर्णय गरेको थियो ।
उप्रधानमन्त्री दिने/नदिनेबारे गठबन्धनले निर्णय गर्न बाँकी छ । तर, कुन मन्त्रालय लिने भन्ने टुंगो लागि नसकेको रास्वपाका एक नेताले बताए । प्रचण्डलाई प्रधानमन्त्री बनाउन समर्थन गरेकोमा पार्टीभित्र असन्तुष्ट देखिएको छ ।
स्रोतका अनुसार रविले श्रम तथा रोजगार मन्त्रालयमा इच्छा देखाएका छन् । मंसिर ४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा रास्वपाले २० सिट जितेको छ ।
ताजा अपडेट
-
पृथ्वी राजमार्ग खुलाउने काम तीव्र, आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य
-
काठमाडौंका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुने, प्राधिकरणले सार्वजनिक गर्यो समयतालिका
-
इन्टरनेटको शुल्क बढेको छैन, बढी लिए कारबाही गर्ने दूरसञ्चार प्राधिकरणको चेतावनी
-
कांग्रेस सभापतिमा गगन थापा विजयी
-
राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको परमादेश


प्रतिक्रिया