दक्षिण अफ्रिकामा ग्यास बोकेको ट्रक विष्फोट, १५ जनाको मृत्यु
एजेन्सी । दक्षिण अफ्रिकाको बोक्सबर्गमा ग्यास बोकेको ट्रक विष्फोट हुँदा १५ जनाको मृत्यु भएको छ ।
शनिबार बिहान भएको उक्त विष्फोटका कारण एक सय मिटर पर रहेको ताम्बो मेमोरियल अस्पतालका २४ जना बिरामी र १३ जना कर्मचारी घाइते भएका छन् ।
ग्यास बोकेको ट्रक गौतेङ प्रान्तको बोक्सबर्गको पुलमा फसेपछि ट्रकमा आगो लागेर विष्फोट भएको अधिकारीहरूले बताएका छन् ।
घाइतेमध्ये अस्पतालका एक जना चालक र दुई जना परिचारिकको मृत्यु भएको स्वास्थ्यमन्त्री जो फाहलाले बताएका छन् । विष्फोटबाट अस्पतालको भौतिक संरचनामा क्षति भएको छ । क्षतिको विवरण आगमी साता सार्वजनकि गरिने छ ।
ताजा अपडेट
-
प्रश्नपत्र चुहावट प्रकरण : भारतीय प्रधानमन्त्री मोदीले गरे फास्ट–ट्र्याक अदालत बनाउने घोषणा
-
जन्तरमन्तरमा सुरक्षा कडा, दिल्लीका १६ मेट्रो स्टेशन बन्द
-
देशका विभिन्न स्थानमा सात वटा राजमार्ग तथा सडक खण्ड अवरुद्ध
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा शुल्क छुट, विदेशी वायुसेवा कम्पनी आकर्षित गर्ने प्रयास
-
विश्वकप लिग-२ : जित्नै पर्ने दबाबमा रहेको नेपाल आज नेदरल्यान्ड्ससँग भिड्दै


प्रतिक्रिया