सुकीविरूद्धको अन्तिम मुद्दाको फैसला शुक्रबार आउने
एजेन्सी । म्यान्मारको जुन्ता सरकारप्रति वफादार अदालतले जेलमा रहेका नागरिक नेतृ आङ सान सुकीको १८ महिना लामो सुनुवाइका बाँकी पाँच वटा अभियोगमा शुक्रबार फैसला सुनाउने भएको छ ।
गत वर्ष फेब्रुअरीमा सेनाले सुकीको सरकार अपदस्थ गरेपछि सुकीले नजरबन्द (जेल) जीवन विताउँदै आएकी छन् । नोबेल पुरस्कार विजेता सुकीलाई भ्रष्टाचारदेखि अवैध रूपमा वाकीटकी आयात गरेको र सरकारी गोपनीयता सम्बन्धी ऐन उल्लङ्घन गरेको १४ वटा अभियोगमा यसअघि नै दोषी ठहर गर्दै ‘२६ वर्ष’को जेल सजाय सुनाइएको छ ।
‘दुवै पक्षले आज अदालतमा अन्तिम बहस गरेका छन्,’ सोमबार नाम नबताउने शर्तमा एक जना सरकारी अधिकारीले बताए । आफु सञ्चारमाध्यमलाई रिपोर्टिङ् गर्न अख्तियारप्राप्त व्यक्ति नभएको बताउँदै नाम गोप्य राख्ने शर्तमा उनले भने ‘आगामी शुक्रवार (३० डिसेम्बर) मा फैसला आउनेछ ।’ उनले सुकीको स्वास्थ्य राम्रो रहेको पनि बताए ।
अधिकारवादी समूहहरूले यो मुद्दालाई ढोंगको संज्ञा दिएका छन् र बुधबार संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्ले म्यान्मारको ‘कू’ पछिको अवस्थाबारे आफ्नो पहिलो प्रस्तावमा सुकीलाई रिहा गर्न जुन्ता सरकारलाई आग्रह गरेको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया