जापानमा हिमपातका कारण १७ जनाको मृत्यु
टोकियो । जापानको ठूलो क्षेत्रमा १० दिनयता परेको भारी हिमपातका कारण १७ जनाको मृत्यु भएको जापानी अधिकारीले सोमबार बताएका छन् ।
हिमपातका कारण हजारौं घरमा विद्युत् आपूर्ति बन्द भएको छ । देशको पश्चिमी तटका साथै उत्तरी क्षेत्र होक्काइडोमा हालैका दिनहरूमा लगातार भारी हिमपात भइरहेको छ भने सोमबारदेखि बाक्लो हिमपात कम हुने अनुमान गरिएको छ ।
स्थानीय सञ्चारमाध्यमका अनुसार उत्तरपूर्वी यामागाता क्षेत्रको ओगुनी शहरसहित केही क्षेत्रमा २४ घण्टामा झण्डै एक मिटर हिमपात भएको छ । भारी हिमपातका कारण कारहरू सडकमा अड्किएपछि जापानको मौसमविज्ञान विभागले प्रभावित क्षेत्रका बासिन्दाहरूलाई सम्भव भएसम्म यात्रा नगर्न निर्देशन दिएको छ ।
सरकारी अधिकारीहरुले गत डिसेम्बर १७ देखि अहिलेसम्म हिमपातका कारण १७ जनाको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएको बताएका छन् । राष्ट्रिय टेलिभिजन प्रसारक (एनएचके) का अनुसार मृतकमध्ये हिउँ सफा गर्ने क्रममा छतबाट खसेका एक पुरुष र कारमा कार्बन मोनोअक्साइड विषाक्तताका कारण मृत फेला परेकी एक महिला पनि रहेका छन् ।
होक्काइदोमा हिउँका कारण हालैका दिनहरूमा दशौं हजार घरहरूमा विद्युतका लाइनहरू ढलेका छन्, यद्यपि अधिकांश जडानहरू अहिले पुन : संस्थापित भएका छन् ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया