जनताले आश गरेका छन, हामी पुरा गर्छौँ : प्रधानमन्त्री दाहाल
काठमाडाैं । नयाँ सरकारले जनतामा आशा पलाएकाे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दावी गरेका छन् ।
प्रधानमन्त्री पदको कार्यभार सम्हालेर बाहिर निस्कदैँ गर्दा संचारकर्मीसँग कुराकानी गर्दै प्रधानमन्त्री दाहालले भने ‘केही गर्न खोज्नेहरुको समिकरण बनेको छ, यसले जनतामा आशा बढाएको छ । हाम्रा अगाडी जटिलताहरुको पहाड भएपनि मलाई सहज लागेको छ ।’
मन्त्रीपरिषद्को पहिलो बैठकमा अर्थतन्त्रमा देखिएका जटिलतालाई सुधार गर्ने, सुशासन र जनताको सेवा प्रवाहमा केन्द्रित हुने बारे छलफल भएको थियो ।
राहदानी, लाइसेन्स सेवा प्रवाह गर्ने कार्यालयमा सेवाग्राहीको लामो लाईनको समस्या रहेको भन्दै त्यसको समाधान सरकारको प्रमुख काम भएको बताएका छन् ।
ताजा अपडेट
-
स्वास्थ्य बीमा बोर्डद्वारा २०८२ पुससम्म २५ अर्बभन्दा बढी दाबी भुक्तानी
-
भोजन गृहमा श्रावण विशेष सांस्कृतिक साँझ, नियमित मूल्यमा भारी छुट
-
डोनाल्ड ट्रम्पले भारतसहित ६० व्यापारिक साझेदार मुलुकमाथि लगाए नयाँ ट्यारिफ
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
तीनवटा संसदीय समितिको बैठक बस्दै


प्रतिक्रिया