नयाँ सरकारलाई ५७ अंकको स्वागत
काठमाडौं । नयाँ सरकार गठन प्रक्रियाले मूर्तरूप लिएपछि धितोपत्र बजारले त्यसलाई स्वागत गरेको छ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक सोमबार उच्च अंकले वृद्धि भएको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबारको कारोबारमा नेप्से परिसूचक ५६.८८ अंकले वृद्धि भई १ हजार ९२४ दशमलव शून्य नौ विन्दुमा पुगेको छ । यो दिनको कारोबारमा ठूला कम्पनीको कारोबारमा मापक सेन्सेटिभ परिसूचक ८.३८ अंकले उकालो लागेर ३७५.४५ मा पुगेको छ ।
नेप्सेका अनुसार कारोबार भएका कुल १३ उपसमूहमध्ये अन्य उपसमूहको मात्रै सेयर मूल्यमा गिरावट आएको छ ।
यस्तै १२ उपसमूहको सेयर मूल्य भने उकालो लागेको छ । कारोबार भएका कम्पनीमध्ये २०३ उपसमूहको सेयर मूल्यमा वृद्धि भएको छ भने चार उपसमूहको सेयर मूल्यमा गिरावट आउँदा एउटा उपसमूहको सेयर मूलयमा कुनै परिवर्तन भएको छैन । सोमबार कुल ५६ लाख ४३ हजार ५३ कित्ता सेयर दुई अर्ब ९ करोड ७० लाख ४९ हजार ९४१ मूलयमा खरिद बिक्री भएका छन् । सोमबारको कारोबारपछि बजार पुँजीकरण २७ खर्ब ८२ अर्ब पुगेको छ, आजको कारोबार दैनिकमा खबर छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया