मेगा बैंकको कायममुकायम प्रमुख कार्यकारी अधिकृतमा तुल्सीराम पोखरेल नियुक्त
काठमाडाैं । मेगा बैंक नेपाल लिमिटेडको कायममुकायम प्रमुख कार्यकारी अधिकृतमा तुल्सीराम पोखरेल नियुक्त भएका छन् ।
मेगा बैंक सञ्चालक समितिले २०७९ पुस ९ गतेदेखि लागू हुने गरी पोखरेललाई बैंकको कायममुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सिइओ) नियुक्त गरेको हो । विगत २७ वर्षदेखि नेपालको बैंकिङ सेवामा समर्पित पोखरेल मेगा बैंकको परिकल्पनाकार र १४ जना संस्थापकमध्ये एक छन् ।
बैंक सञ्चालनमा आउनुभन्दा अघि नै २०६७ साल बैशाख १ गतेबाट पूर्वसञ्चालन अबस्थाको कार्यकारी प्रमुख बनेर प्रस्तावित बैंकको दर्ता, लाइसेन्स लिने तथा बैंकका लागि आवश्यक पूर्वाधार तयार पार्ने कामको नेतृत्व गर्दै मेगा बैंकमा सेवा प्रारम्भ गर्नुभएका पोखरेल मेगा बैंकको सहायक महाप्रबन्धक, नायब महाप्रबन्धक, वरिष्ठ नायब महाप्रबन्धक हुँदै कामु सिइओ बनेका हुन् । उनी स्थापनाकालदेखि नै बैंकको उच्च व्यवस्थापनमा रही विभिन्न विभागहरुको विभागीय जिम्मेवारी बहन गर्नुका साथै कम्पनी सचिवको जिम्मेवारी समेत निर्वाह गरेका थिए ।
नवदुर्गा फाइनान्सको सहायक प्रबन्धकको रुपमा करिब तीन दशक अघि करिअर सुरु गरेर नायब प्रमुख कार्यकारी अधिकृत बन्नुभएका पोखरेल मेगा बैंकमा आबद्ध हुनुअघि फ्रुडेन्शियल फाइनान्स कम्पनी लिमिटेडमा प्रमुख कार्यकारी अधिकृत समेत थिए ।
यसैगरी, मेगा बैंकबाट स्वेच्छिक अवकाश लिएकी कायममुकायम प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठलाई मेगा बैंक सञ्चालक समितिले धन्यवाद दिएको छ । उनको सम्मानस्वरुप आयोजना गरिएको बिदाई कार्यक्रममा मेगा बैंकका अध्यक्ष भोजबहादुर शाह तथा सञ्चालक समितिका सदस्यहरुले मेगा बैंक नेपाल लिमिटेडमा १३ बर्ष भन्दा बढी अवधि सेवा गरेकी श्रेष्ठलाई यस बैंकको उन्नति, प्रगति तथा श्रीबृद्धिमा पुर्याउनुभएको योगदानको प्रशंसा गर्दै विशेष धन्यवाद दिनुका साथै उनको उज्ज्वल भविष्यको कामना गरेको थियो ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया