एक एसपीलाई बर्खास्त र एक डिएसपीलाई निलम्बनको सिफारिस
काठमाडौं । नेपाल प्रहरीले एक प्रहरी अधिकृतलाई बर्खास्त र अर्कालाई निलम्बन गर्न सिफारिस गरेको छ ।
प्रहरी प्रधान कार्यालयले एसपी रामेश्वरप्रसाद यादवलाई बर्खास्त र डिएसपी ठगबहादुर केसीलाई निलम्बन गर्न सिफारिस गरेको हो ।
सर्वोच्च अदालतबाट भ्रष्टाचार मुद्दामा दोषी ठहर भएपछि यादवलाई सेवाबाट बर्खास्त गर्न सिफारिस गरिएको हो । प्रहरी नियमावलीअनुसार, कुनै पनि प्रहरीमाथि भ्रष्टाचारलगायतका अभियोग अदालतबाट पुष्टि भएपछि सेवामा रहन मिल्दैन ।
डिएसपी केसीमाथि इलाका प्रहरी कार्यालय, बुटवलमा छँदा पदीय दुरूपयोग गरेर भ्रष्टाचारजन्य काम गरेको आरोप छ । आरोपपछि प्रहरी प्रधान कार्यालयले उनको घरमा छापा मारेको थियो । जसक्रममा उनको निवासबाट स्रोत नखुलेका सुन र पैसासमेत बरामद भएको थियो ।
डिएसपी केसीलाई निलम्बनका लागि पत्राचार गरिएको प्रहरी प्रवक्ता टेकप्रसाद राईले बताए ।
ताजा अपडेट
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
-
दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए


प्रतिक्रिया