महानगरको प्रमुख-उपप्रमुख लड्नेले साढे ७ लाखमात्रै खर्च गर्न पाउने (विवरणसहित)
काठमाडौं । आगामी बैशाख ३० मा हुने स्थानीय निर्वाचनमा उम्मेदवारले कति खर्च गर्ने पाउने भन्ने सीमा निर्धारण गरेको छ । निर्वाचन आयोगले २०७४ सालको स्थानीय निर्वाचनमै तोकिएको खर्च सीमालाई निरन्तरता दिएको हो ।
शुक्रबार राजनीतिक दलका प्रतिनिधिहरूसँग गरेको छलफलमा आयोगले उम्मेदवारको खर्च सीमाबारे जानकारी दिएको छ । जसमा महानगरपालिकाको मेयर वा उपमेयरका उम्मेदवारले बढीमा ७ लाख ५० हजार मात्रै खर्च गर्न पाउने भएका छन् ।
कसले कति खर्च गर्न पाउने ? यस्तो छ विवरण :
- महानगरको प्रमुख वा उपप्रमुखको प्रत्यासी : बढीमा ७ लाख ५० हजार खर्च गर्न पाउने
- उपमहानगरपालिकाको प्रमुख वा उपप्रमुखको उम्मेदवार : बढीमा ५ लाख ५० हजार
- नगरपालिकाको प्रमुख वा उपप्रमुखको उम्मेदवार : बढीमा ४ लाख ५० हजार
- गाउँपालिकाको अध्यक्ष वा उपाध्यक्षले : बढीमा ३ लाख ५० हजार
- महानगरको वडा अध्यक्ष वा सदस्यको उम्मेदवारले बढीमा ३ लाख
- उपमहानगरको वडाध्यक्ष वा सदस्यको उम्मेदवारले बढीमा २ लाख ५० हजार
- नगरपालिकाको वडाध्यक्ष वा सदस्यको उम्मेदवार : बढीमा २ लाख
- गाउँपालिकाको वडाध्यक्ष वा सदस्यको उम्मेदवार : बढीमा १ लाख ५० हजार ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया