श्रीलंकामा चौथो अभ्यास खेलमा नेपाल पराजित
काठमाडौं । यस अघिका तीनवटा अभ्यास खेल जितेको नेपाली टिमले चौथो खेलमा भने श्रीलंकामा पराजय बेहोरेको छ । शुक्रबार फरकफरक टिम र अन्तर्राष्ट्रिय खेल खेलिसकेका खेलाडी सम्मिलित टिमसँग नेपाली टोली ९२ रनले पराजित भएको हो । २३३ रनको लक्ष्य पछ्याएको नेपाली टोलीले १४० रनमै समेटिएको हो ।
युएईमा एक दिवसीय सिरिज खेल्न जानु अघिको अभ्यास खेलका लागि नेपाली टोली श्रीलंकामा छ ।
श्रीलंकन टोलीले ४८.२ ओभरमा २३२ रन बनाएको थियो । तर नेपाली टिमको लागि ब्याटिङमा खेलाडी नजम्दा टिम पराजित हुन पुग्यो ।
नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ४६ रन बनाए । कुशल भुर्तेतलले ३२ रन बनाउँदा रोहित पौडेलले २१ रन बनाए ।
श्रीलंकन टिमका लागि असिस्था फर्नाण्डोले ५६ र सन्दुन विरकोडीले ४९ रन बनाए ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया