सोलुखुम्बुमा घरेलु कार्यालयलको राजस्व संकलनमा कमी
सोलुखुम्बु । सोलुखुम्बुमा फारम दर्ता गराउनेको संख्या ५६ प्रतिशतले गिरावट आएपछि घरेलु तथा साना उद्योग कार्यालयको राजश्व संकलन कमी आएको छ ।
गत आर्थिक वर्ष २०७८/७९ को पहिलो पाँच महिनाको तुलनामा चालु आर्थिक वर्ष २०७९/८० को सोही अवधिमा उद्योग तथा वाणिज्यतर्फ फारम दर्ता गराउनेको संख्यामा कमी आएको छ ।
गत आर्थिक वर्षको साउनदेखि मङ्सिरसम्ममा दुई सय एक उद्योग र २४ वाणिज्य फारम दर्ता भएका थिए । तर चालु आर्थिक वर्षको सोही अवधिमा ७४ उद्योग र २४ वाणिज्य फार्म मात्र दर्ता भएका छन् ।
कार्यालयमा फारम दर्ता गराउनेको संख्यामा कमी आएसँगै राजस्व संकलनमा पनि ४८ प्रतिशतले कमी आएको घरेलु तथा साना उद्योग कार्यालयका सूचना अधिकारी सुनिता राईले जानकारी दिइन्।
गत आर्थिक वर्षको पहिलो पाँच महिनामा चार लाख ७० हजार राजस्व संकलन भएकामा चालु आवमा दुई लाख ४० हजार मात्र राजस्व संकलन भएको छ । गत वर्ष कोभिड–१९ का कारण गाउँ फर्किएका नागरिकले अनुदानका लागि विभिन्न फार्म दर्ता गर्ने क्रम बढेको थियो ।
यस वर्ष अनुदान कार्यक्रम नहुँदा फारम दर्ता गराउनेको संख्या घटेको उद्योग अधिकृत सङ्गीता थुलुङ राईले बताइन् ।
ताजा अपडेट
-
चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान
-
गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’
-
दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन
-
कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण
-
सुनकोशी नदीमा टाटा सुमो खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता


प्रतिक्रिया