दक्षिण कोरियाको सुरुङमा आगलागी हुँदा ६ जनाको मृत्यु
एजेन्सी । दक्षिण कोरियाको राजधानी सियोलबाट करिब २० किलोमिटर दक्षिणमा रहेको ग्वाचेओनमा रहेको दोस्रो ग्योन्गिन एक्सप्रेसवेको ध्वनि प्रतिरोधी सुरुङमा लागेको आगलागीमा परी छ जनाको मृत्यु भएको कोरियाली समाचार संस्था, योनहाप न्यूज एजेन्सीले बिहीबार जनाएको छ ।
स्थानीय समयानुसार बुधबार दिउँसो १ बजेर ४९ मिनेटमा आगलागी भएको हो । बस र ट्रकबीचको ठक्करपछि दुर्घटना हुँदा आगलागी भएको र सुरुङमा आगो फैलिएको विश्वास गरिएको थियो ।
आगलागीबाट विषाक्त ग्यास निस्किएपछि यसबाट प्रभावित थप २० जनाको उपचार भइरहेको छ । दमकल अधिकारीहरूले आगो निभाउन करिब ५० दमकल र उपकरणका साथै करिब १४० दमकल परिचालन गरेका थिए । दिउँसो २ः४० बजे आगो लगभग नियन्त्रणमा आएको थियो ।
प्रहरी र दमकलले दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन अनुसन्धान सुरू गरिसकेको बताइएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया