देशमा शान्तिसुव्यवस्था कायम राख्ने कम्बोडियाको प्रतिबद्धता
नोमपेन । कम्बोडियाले कठोर परिश्रमबाट देशमा स्थापना भएको शान्तिसुव्यवस्थाको रक्षाका निम्ति निरन्तर लाग्ने प्रतिबद्धता व्यक्त गरेको छ । गृहयुद्ध अन्त्य भएको २४ औँ वार्षिकोत्सवका अवसरमा दक्षिणपूर्वी एसियाली राष्ट्रको नेतृत्वले यस्तो प्रतिबद्धता जनाएको हो ।
प्रधानमन्त्री सम्देच टेको हुनसेनले खमेरुजलाई सरकारमा पुनः एकीककरण गर्न तयार पारेको दुवै पक्ष पराजित नहुने ‘विन–विन’ नीति अवलम्बन गरेपछि सन् १९९८ देखि क्याम्बोडियामा दिगो शान्ति कायम भएको छ ।
देशमा शान्ति स्पना भएसँगै भारी मात्रामा विदेशी लगानी आकर्षित हुनका साथै अन्तर्राष्ट्रिय पर्यटक आगमनमा उल्लेख्य वृद्धि भएको छ ।नोमपेनको उत्तरी उपनगरमा अवस्थित विन–विन स्मारकमा आज आयोजित कार्यक्रममा उपप्रधानमन्त्री एवम् रक्षामन्त्री टी बान्हले देशको सामाजिक एवम् आर्थिक दिगोपन सुनिश्चित गर्न तथा गरिबी घटाउँदै विकासको बाटोमा अग्रसर हुन कठिन सङ्घर्षबाट स्थापित शान्तिको रक्षा अपरिहर्या भएको बताए ।
करिब पाँच हजार कम्बोडियाली भेला भएको उक्त कार्यक्रममा उनले समृद्ध एवम् सभ्य समाज निर्माण गर्न नेतृत्व तह प्रतिबद्ध रहेको दोहो-याउँदै युद्ध र आन्तरिक द्वन्द्व सृजना गर्ने हरेक प्रयासलाई विफल तुल्याउन हरसम्भव प्रयत्न गर्ने बताए ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया