चेतन ऐडीको हत्यारालाई कारबाहीको माग गर्दै गृहमन्त्रीलाई ज्ञापन पत्र
काठमाडाैं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई अनेरास्ववियुले केन्द्रीय कमिटी सचिवालय सदस्य चेतन ऐडीका हत्यारालाई कारबाहीको माग गर्दै आज ज्ञापन पत्र बुझाएको छ ।
गृहमन्त्री लामिछानेलाई अनेरास्ववियुका अध्यक्ष सुनिता बरालको नेतृत्वमा गएको टोलीले हत्यामा सङ्लग्नलाई पक्राउ गरी कारबाही गर्न माग राखेको हो । गृहमन्त्री लामिछानेले हत्यामा संलग्नलाई पक्राउ गर्ने प्रतिबद्धता जनाउनुभएको अनेरास्ववियुका महासचिव समिक वडालले जानकारी दिए ।
गत मङ्सिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका दिन बाजुरा जिल्ला त्रिवेणी नगरपालिका–७ स्थित मतदानस्थलमा भएको विवादमा राति आफ्नै घरमा सुतिरहेको बेला अनेरास्ववियु केन्द्रीय कमिटी सचिवालय सदस्य ऐडीको हत्या भएको थियो ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया