कम्बोडिया क्यासिनो आगलागी, सोह्र जनाको मृत्यु
काठमाडाैं । थाइल्याण्डको सिमाना पोइपेटमा रहेको कम्बोडियाको एउटा क्यासिनोमा आगलागी हुँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ भने अन्य ५० जना घाइते भएका छन् । घाइेतको पूर्ण विवरण प्राप्त भएको छैन ।
पोइपेटस्थित ग्रान्ड डायमन्ड सिटी क्यासिनोमा लागेको आगो निभागउन १२ घण्टाभन्दा बढी लागेको थियो । थाइल्याण्डका वारुणयन्त्र पनि आगो निभाउन पोइपेट पुगेका थिए । सामाजिक सञ्जालमा राखिएका तस्बिरमा पीडितहरू छानाबाट खसिरहेका, सहयोगका निम्ति याचना गरिरहेका तथा आगोको ज्वालाबीच फसेका देखिन्छन् ।
आगोको चपेटामा होटलका कर्मचारी र छिमेकी थाइल्याण्डका ग्राहक परेका छन् । तेह्रौँ, चौधौँ र पन्ध्रौँ तलाबाट सहायताका निम्ति अनुरोध आएको अग्नि नियन्त्रण कार्यालयका अधिकारीहरूले बताएका छन् ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया