महान् फुटबलर पेलेको निधन
काठमाडौं । ब्राजिललाई तीन पटक विश्वकप फुटबलको उपाधि दिलाएका महान् फुटबलर पेलेको निधन भएको छ । लामो समयदेखि अस्पतालमा उपचाररत पेलेको ८२ वर्षको उमेरमा निधन भएको हो ।
पेले किड्नी तथा मुटुको समस्याले ग्रस्त थिए । साथै उनमा क्यान्सरको समेत संक्रमण भएको थियो । स्वास्थ्य अवस्था खराब बन्दै गएपछि उनी गत २९ नोभेम्बरमा अस्पताल भर्ना भएका थिए ।
तर उनको स्वास्थ्यमा कुनै सुधार आएन । त्यसपछि अस्पतालले आइसियूमा राखेर उपचार गर्यो । आइसियूमा पनि केही सुधार नआएपछि उनलाई विशिष्ट प्रविधियुक्त कक्षमा राखी उपचार गरिएको थियो ।
पेलेलाई फुटबलका लिजेण्ड मानिन्छ । उनले सन् १९५८, १९६२ र १९७० मा आफ्नो देश ब्राजिललाई विश्वकप फुटबलको उपाधि दिलाएका थिए । उनले ब्राजिलका निम्ति ९१ अन्तर्राष्ट्रिय खेल खेले जसमा उनले गरेको गोल संख्या ७७ छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया