नेपाल क्लियरिङ हाउस ‘द एचआरएम अवार्ड फर कर्पोरेट एक्सिलेन्स २०२२’ बाट सम्मानित
काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लि ‘द एचआरएम अवार्ड फर कर्पोरेट एक्सिलेन्स २०२२’ बाट सम्मानित भएको छ । कर्पोरेट क्लव नेपालद्धारा वार्षिक रुपमा आयोजना गर्दै आएको यस अवार्डअन्तर्गत फ्यान टेकको विधामा यस वर्ष नेपालक्लियरिङ्ग हाउस लि (एनसीएचएल) लाई अवार्ड प्रदान गरिएको हो । उक्तअवार्ड समारोहमा एनसीएचएलसहित विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान प्रदान गर्ने सर्वोत्कृष्ट,संस्थाहरुलाई अवार्ड प्रदान गरिएको हो ।
डिजिटल रुपान्तरणका लागि उल्लेखनिय भूमिका निर्वाह गर्न आवश्यक भुक्तानीका पूर्वाधारहरु स्थापना र सञ्चालन गरी विद्युतीय कारोबारको सहजीकरणको कार्यमा एनसीएचएलले पुर्याउँदै आएको महत्वपूर्ण योगदान तथा यसका निम्ति संस्थागत रुपमा एनसीएचएलले अपनाएका परिणाममूखी अभ्यासहरुको सम्मान स्वरुप उक्त अवार्ड प्रदान गरिएको हो ।
भुक्तानी पूर्वाधारहरु निर्माण गरी साझेदारी र सहकार्यको अवधारणामा एनसीएचएलले विद्युतीय चेक क्लियरिङ , अन्तर र्बैंक विद्युतीय भुक्तानमा कनेक्ट आइपीएस, कनेक्ट आरटीजीएस, नेशनल पेमेन्ट इन्टरफेस, कर्पोरेट पे र रिटेल पेमेन्ट स्विचअन्तर्गत नेपाल पे क्युआर लगायतका राष्ट्रिय भुक्तानी प्राणालीहरु सञ्चालन गरी डिजिटल पेमेन्टको सेवा पु-याउदै आएको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया