प्रधानमन्त्रीको निर्देशन : विदेशबाट मोबाइल ल्याउन गरिएको कडाइ कार्यान्वयन नगर्नू
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड) ले विदेशबाट फर्किदाँ मोबाइल ल्याउन गरिएको कडाइ तत्कालका लागि कार्यान्वयन नगर्न निर्देशन दिएका छन् ।
नयाँ निर्णय कायान्वयन नगरी पुरानै नियमलाई निरन्तरता दिन उनले निर्देशन दिएका हुन् ।
नेपाल दूर सञ्चार प्राधिकरणले एमडिएमएस प्रणाली लागू गर्दै यसमा दर्ता नभई विदेशबाट ल्याइएका मोबाइल तथा ल्यापटप पुस १५ गतेदेखि नचल्ने व्यवस्था गरेको थियो । यसअन्तर्गत कसैले पनि विदेशबाट आउँदा एउटा भन्दा बढी मोबाइल ल्याएमा १८ प्रतिशत भ्रन्सार कर लाग्ने र तेस्रो मोबाइल सरकारले नै जफत गर्ने भनिएको थियो ।
प्राधिकरणले गैरकानुनी रूपमा आयात हुने मोबाइललाई व्यवस्थित गर्ने, चोरी भएका र हराएका मोबाइलको ट्रयाकिङ र ब्क्लकिङ गर्ने भन्दै यो व्यवस लागू गरेको थियो ।
यो निर्णबारे चर्को विरोध भएपछि प्रधानमन्त्रीले तत्काल लागू नगर्न निर्देशन दिएका हुन् । विदेशमा बस्ने नेपालीहरूले यो निर्णयविरूद्ध आफूहरूले रेमिट्यान्स नपठाउने चेतावनी दिएका थिए ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया