कर्णाली राजमार्ग अझै मर्मत भएन
मुगु । बाढीपहिराका कारण भत्किएको कर्णाली राजमार्ग मर्मत नहुँदा यात्रुले सास्ती भोग्नुपरेको छ । सवारीसाधन मात्र पास गराउनका लागि खोलिएको उक्त सडकखण्ड मर्मत नहुँदा जीर्ण बन्दै गएको छ ।
खाल्डाखुल्डी र धुलाम्मे रागमार्ज साँगुरो हुँदा यातायातका साधन सञ्चालनमा समस्या भएको यातायात व्यवसायीहरुको भनाइ छ । रागमार्ग अन्तर्गत कालीकोटको सेराबाडादेखि नाग्मसम्म २६ किलोमिटर सडक पहिराका कारण धुलाम्मे भएको छ । नाग्मदेखि गमगढीसम्म ९३ किलोमिटर सडकखण्डमा १८ किलोमिटर सडक पहिरो खसेको थियो ।
कालीकोटको पिली, सेरीबाडा, भिक्म र बालीमा ठूलो पहिरो गएको थियो । त्यहाँ सडक नै बगाइएका कारण नयाँ सडक खोलेर गाडी सञ्चालनमा ल्याइएको हो । दैलेख खण्डमा पहिरोले रागमार्ग समस्याग्रस्त बनेको छ । बाँकेको जमुनाहदेखि दैलेख महावु, कालिकोट, जुम्ला र मुगुको नाप्चे नाङ्गलासहित चीन जोड्ने यो सडकमा काम भने हुन सकेको छैन ।
सडक डिभिजन कार्यालयले तत्कालका लागि सडक खुलाउने कार्य गरेपछि स्तरोन्नति नहुँदा यात्रुले दुःख पाउने गरेका छन् । सडक मर्मतका लागि सडक डिभिजन कार्यालय सुर्खेत र जुम्लाबाट नियमितबाहेकको बजेट नआएको स्थानीयको गुनासो छ ।
सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख राजिव श्रेष्ठले कालीकोट, जुम्ला र मुगुसम्मको सडक सुधारका लागि काम भइरहेको बताउनुभयो । यस खण्डमा ठूलो क्षति भएकाले सुधारका काम भइरहे पनि तत्काल सडकस्तर उन्नतिका लागि गाह्रो भइरहेको श्रेष्ठको भनाइ छ ।
ताजा अपडेट
-
बेनी-जोमसोम-कोरला सडकमा १ अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्ब लाग्ने
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता


प्रतिक्रिया