मिटरब्याजपीडितले न्याय पाएनन्, आन्दोलन घोषणा
काठमाडौं । लामो समयदेखि संघर्षरत मिटरब्याजपीडितले आन्दोलन घोषणा गरेका छन् । आफ्ना समस्या राज्यले सम्बोधन नगरिदिएपछि सिराहाका मिटरब्याजपीडित नागरिकले आन्दोलन घोषणा गरेका हुन् ।
सरकारले आफूहरूको मागमा उदासीनता देखाएपछि आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएको मधेश प्रदेश मिटर ब्याज घटना संघर्ष समितिले जनाएको छ ।
आन्दोलनका कार्यक्रमअन्तर्गत मंगलबार गोलबजारमा दबाबमूलक र्याली प्रदर्शन गरिनेछ । बाँकी कार्यक्रम भने त्यसपछि तय गर्ने समितिको तयारी छ ।
तराई क्षेत्रका नागरिक मिटरब्याजबाट पीडित हुँदै आएका छन् । यसलाई सम्बोधन गर्न सरकारले कार्यदल गठन गरे पनि पीडितले अझैसम्म न्याय पाउन सकेका छैनन् ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया