विक्रम पाण्डेविरुद्ध अख्तियार सर्वोच्च जाने, सांसदबाट निलम्बित हुने
काठमाडौं । चितवन–३ बाट निर्वाचित सांसद तथा निर्माण व्यवसायी विक्रम पाण्डेले राष्ट्रिय गौरवको सिक्टा सिंचाइ आयोजनामा भ्रष्टाचार नगरेको विशेष आदालतको फैसलाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग पुनरावलोकनका लागि सर्वोच्च जाने भएकाे छ ।
सिक्टा सिंचाई आयोजनाको भ्रष्टाचार मुद्दामा पूर्वमन्त्रीसमेत रहेका पाण्डेसहित २१ जनालाई गत ५ असारमा विशेष अदालतले सफाइ दिएको थियो ।
सिक्टा सिंचाई आयोजनामा दुई अर्ब १३ करोड ७६ लाख ७९ हजार ९२० रुपैयाँ भ्रष्टाचार भएको भन्ने अख्तियारको दाबीलाई विशेषले अस्वीकार गरेको हो । सोही फैसलाविरुद्ध पुनरावलोकनका लागि अख्तियार सर्वोच्च गएको स्रोतले बताएकाे छ ।
मंसिर ४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा पाण्डे चितवन–३ बाट निर्वाचित भएका थिए । अदालतमा मुद्दा दायर भएपछि स्वतः पद निलम्बित हुने कानुनी व्यवस्था छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया