फिलिपिन्समा कोभिडबाट २६ जनाको मृत्यु
एजेन्सी । फिलिपिन्समा कोभिड १९ बाट शनिबार मात्र २६ जनाको ज्यान गएको स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।
दक्षिणपूर्व एसियाली देश फिलिपिन्समा कोभिडबाट एकै दिन अर्थात् शनिबार मात्र २६ जनाको ज्यान गएको स्वास्थ्य विभागले जानकारी दिएको हाे ।
सो विभागकाअनुसार शनिबार कोभिडबाट पाँच सय ९१ जना सङ्क्रमित भएका पनि बताइएको छ । योसमेत गरी कोभिड महामारी सुरु भएदेखि अहिलेसम्ममा ४० लाखभन्दा बढी नागरिक सङ्क्रमित भएका बताइएको छ ।
अहिले सक्रिय सङ्क्रमित १३ हजार मात्र भएपनि पछिल्लो समयमा कोभिडबाट हुने सङ्क्रमितको सङ्ख्या बढ्दै गएको देखिएको अधिकारीहरुले जनाएका छन् । प्राप्त समाचारअनुसार कोभिडका कारण ६५ हजार जनाभन्दा बढीको ज्यान गएको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया