चीनमा दैनिक कोभिड संक्रमण दुई वर्षयताकै उच्च, चाङ्गचुनमा लकडाउन
काठमाडौं । कोभिड–१९ को उदगम देश चीनमा फेरि यसको संक्रमण फैलिएको छ । संक्रमणको ग्राफ बढेपछि यहाँको उत्तरपूर्वी सहर चाङ्गचुनमा लकडाउन घोषणा गरिएको छ ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएअनुसार चीनमा अहिले दैनिक संक्रमण दश हजार माथि छ । यो दुई वर्षयताकै उच्च दैनिक संक्रमण दर हो ।
जिलिन प्रान्तको राजधानी चाङ्गचुनमा ओमिक्रोन भेरियन्ट संक्रमित बढ्न थालेपछि घरबाटै काम गर्न आदेश दिइएको छ । अत्यावश्यकीय सामग्री खरिदका लागि एक घरबाट प्रत्येक दुई दिनमा एक जना मात्र बाहिर जाने नियम बाँधिएको छ । यो शहरमा ९० लाख मानिसको आवादि छ ।
चीनका अन्य क्षेत्रमा पनि कोभिड–१९ संक्रमण फैलिएको छ । सांघाइका विद्यालयमा भौतिक उपस्थितिमा कक्षा सञ्चालनमा रोक लगाइएको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया