सुनचाँदीको मूल्य स्थिर
काठमाडौं । नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य स्थिर छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य आइतबारकै मूल्य प्रतितोला एक लाख १७ सय रूपैयाँमा कारोबार भइरहेको हो ।
महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य पनि आइतबारकै मूल्य प्रतितोला एक लाख १२ सय रूपैयाँ छ । त्यस्तै चाँदीको मूल्यसमेत स्थिर छ । आज चाँदी आइतबारकै मूल्य एक हजार चार सय रूपैयाँ कायम रहेको महासंघले जनाएको छ ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया