युक्रेनकाे राजधानीमा हवाइ आक्रमण
एजेन्सी । युक्रेनको राजधानीमा आइतबार राति रुसी सेनाद्वारा हवाइ हमला गरिएको छ । शहरका विभिन्न जिल्लामा विस्फोटन भएको स्थानीय अधिकारीहरूले बताएका छन्।
कीभ शहर सैन्य प्रशासनले जनाएअनुसार एयर डिफेन्सले राजधानी विरुद्ध शुरू गरिएका सबै ३२ वटै हवाइ आक्रमणहरूलाई निस्तेज गरिएको बताएको छ ।
हवाइ अवरोधका भग्नावशेषले केन्द्रीय शेभचेन्किभ्स्की जिल्लामा एउटा निजी कारलाई मान्य क्षति पुगेको छ भने स्थानीय सबवेको सञ्चालनमा बाधा पुगेको छ ।
यसैगरी कीभ क्षेत्रमा ड्रोन आक्रमणमा पूर्वाधार सुविधा क्षतिग्रस्त भएको किभ क्षेत्रीय सैन्य प्रशासन प्रमुख ओलेक्सी कुलेबाले टेलिग्राममा बताएका छन् ।
यद्यपि युक्रेनी आक्रमणबाट राजधानी र कीभ क्षेत्रमा कुनै हताहतीको भने भएको छैन् । रुसले जम्माजम्मी ४५ लडाकु ड्रोनहरू प्रक्षेपण गरेको छ ।
त्यसमध्ये ३२ वटा आइतबार मध्यरात पछि र शनिबार अबेर राति १३ वटा प्रहार गरीएको थियो । यद्यपि ती सबैलाई युक्रेनको हवाइ रक्षाले खसालेको युक्रेनी सशस्त्र सेनाको वायुसेना कमाण्डले जनाएको छ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया