कुश्मा नगरपालिकाले महिलाका लागि निशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने
काठमाडौं । पर्वतस्थित कुश्मा नगरपालिकाले निजामती सेवामा प्रवेश गर्न चाहने महिलाका लागि लोकसेवा तयारीको निशुल्क कक्षा सञ्चालन गर्ने भएको छ ।
नगरपालिकाले आर्थिक र समाजिक रूपमा विपन्न महिलाहरूका लागि आर्थिक वर्ष ०७९÷८० को स्वीकृत कार्यक्रमअनुसार तालिम सञ्चालन गर्न लागेको हो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुमान सिंह गुरूङले नगरपालिकाले विपन्न महिलाको लागि पहिलो पटक निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्न लागेको बताए । ‘निजामतीमा महिलाको आकर्षण बढाउनका लागि नगरपालिकाले गरेको यो पहिलो प्रयास हो,’ उनले भने, ‘सहभागिता उत्साहजनक हुने आशा गरेका छौं ।’
अहिलेका लागि राजपत्र अनांङ्कित द्वितीय श्रेणी खरिदार अप्राविधिक पदको कक्षा सञ्चालन हुन लागेको हो । त्यसका लागि पुस २४ भित्र इच्छुक महिलाले सम्बन्धित वडा कार्यालयमा दरखास्त दिन सक्नेछन् ।
गुरूङका अनुसार तालिममा सहभागी हुनका लागि एसएलसी–एसइइ उत्तीर्ण गरेको हुनुपर्छ । १८ वर्ष पूरा भई ४० वर्ष ननाघेकालाई तालिम दिइनेछ र कुश्मा नगरपालिकाको स्थायी बासिन्दा हुनुपर्नेछ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया