नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेशको संसदीय दलको नेतामा महरा निर्वाचित
दाङ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) लुम्बिनी प्रदेशको संसदीय दलको नेतामा जोखबहादुर महरा निर्वाचित भएका छन् ।
आज सम्पन्न प्रदेशसभा सदस्यको बैठकले उनलाई संसदीय दलकाे नेतामा सर्वसम्मत चयन गरेको हो । महरा रोल्पा निर्वाचन क्षेत्र नं १ (१) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन ।
नेता महरा माओवादी केन्द्रका स्थायी समिति सदस्यसमेत छन् । लुम्बिनी प्रदेशमा नेकपा (माओवादी केन्द्र ) नौ जना प्रदेशसभा सदस्यले उनलाई सर्वसम्मत चयन गरेको माओवादी केन्द्र लुम्बिनी प्रदेशका अध्यक्ष सुर्दशन बरालले जानकारी दिए।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया