NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय फुटबल टोली आज इराक जाँदै

काठमाडौं । इराकसँग मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोली आज इराकतर्फ जाँदैछ । कतार एयरवेजमार्फत् दोहा हुँदै नेपाली टोली मंगलबार राति इराक पुग्ने अखिल नेपाल फुटबल संघ (एन्फा)ले बताएको छ । इराकसँगको मैत्रीपूर्ण खेल र विश्व कप तथा एएफसी एसियन कपको संयुक्त छनोटका लागि भ्रमणमा निस्किएको नेपाली टोलीले २९ मेमा इराकसँग मैत्रीपूर्ण खेल खेल्ने छ । त्यस्तै, संयुक्त छनोट अन्तर्गत जुन ३ मा चाइनिज ताइपेइसँग, जोर्डनविरुद्ध जुन ७ मा र अस्ट्रेलियाविरुद्ध जुन ११ मा कुवेतमा खेल्ने छ । मुख्य प्रशिक्षक अब्द्ल्लाह अल्मुताइरीको नेतृत्वमा पहिलो पटक मैदानमा उत्रिन लागेको नेपाली टोलीमा अहिले धेरै युवा खेलाडी समेटिएका छन् । यसअघि घोषित टोलीबाट १० जना खेलाडी मात्र २३ जनाको अन्तिम टोलीमा समावेश गरेका छन् । विश्वकप छनोटको समूह ‘बी’मा रहेको नेपालले यसअघिका पाँच खेलमध्ये एकमा जित निकालेको थियो भने ४ खेलमा पराजय भोगेको थियो । २६ सदस्यीय नेपाली टोलीः गोलकिपर्स–किरण चेम्जोङ, दीप कार्की, विशाल सुनार डिफेन्डर्स–अनन्त तामाङ, दीनेश राजवंशी, गौतम श्रेष्ठ, रोहित चन्द, सुमन अर्याल, विकाश खवास मिडफिल्डर्स–एरिक विष्ट, विशाल राई, मनिष डाँगी, कमल थापा, सन्तोष तामाङ, सुनिल बल, सुरज जेउ ठकुरी, पुजन उपरकोटी, आयुश घलान अट्याकर्स–अभिषेक रिजाल, अन्जन विष्ट, नवयुग श्रेष्ठ, आशिष लामा, सुमन लामा

ताजा अपडेट

नेपालवाच विशेष