NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

केन्द्रको निर्णय नमान्ने सुदूरपश्चिमका एमाले सांसदलाई कारबाही हुन्छ : थापा

धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष कर्ण थापाले केन्द्रले दिएको निर्देशन नमान्नेहरुमाथि कारबाही गर्ने चेतावनी दिएका छन् । बुधबार बसेको एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने निर्णय गरेपछि उनले कारबाहीको चेतावनी दिएका हुन् । आजको बैठकमा उपस्थित ५० प्रतिशत सांसद पार्टीको निर्देशनको पक्षमा भएको अध्यक्ष थापाको दाबी छ । संसदीय दलका नेता समेत रहेका प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश शाहको अध्यक्षतामा बसेको बैठकले सरकारबाट नफर्किने निर्णय गरेको हो।