NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

लुम्बिनीकाे बजेट अधिवेशन बुधबारबाट

लुम्बिनी प्रदेशसभाको बजेट अधिवेशन बुधबारबाट सुरु हुने भएकाे छ। प्रदेश प्रमुख धर्मनाथ यादवले बुधबार दिउँसो एक बजे प्रदेशसभा बैठक आह्वान गरेकाे प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए। प्रदेश सरकारले बजेटको तयारी गरिरहेका कारण प्रदेशसभामा बजेट पेश गर्नुपर्ने भएकाले अधिवेशन आह्वान गरिएको हाे। पछिल्लो पटक मुख्यमन्त्रीमा शंकर पोखरेलको पुनः नियुक्तिसँगै विशेष अधिवेशन अन्त्य गरिएको थियो।

ताजा अपडेट

नेपालवाच विशेष