प्रदेश पूर्वाधार विकास साझेदारी कार्यक्रम खारेज
काठमाडौं । कोभिड – १९ बाट अर्थतन्त्रमा परेको प्रभाव लगायतलाई मध्यनजर गर्दै बागमती प्रदेश सरकारले ‘प्रदेश पूर्वाधार विकास साझेदारी कार्यक्रम’ खारेज गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले आर्थिक वर्ष २०७८/७९ का लागि मंगलबार प्रदेश सभामा बजेट सार्वजनिक गर्दै उक्त कार्यक्रम खारेज गरेको घोषणा गरेका हुन् । प्रदेश पूर्वाधार विकास साझेदारी कार्यक्रमको नाममा विनियोजन हुने बजेटको चरम दुरुपयोग हुने गरेको गुनासो आउने गरेको थियो । गत वर्ष सरकारले सो कार्यक्रममार्फत प्रदेश सभा सदस्यले रु ३ करोडका दरले खर्च गर्न पाउने गरी बजेट विनियोजन गरेको थियो । सङ्घीय सरकारको सांसदमार्फत खर्चहुने निर्वाचन क्षेत्र विकास कोषसँग मिल्दोजुल्दो हुने गरी सरकारले ‘प्रदेश पूर्वाधार विकास साझेदारी कार्यक्रम’ ल्याइएको थियो । सरकारले सो कार्यक्रम खारेज गरेर कोभिड – १९ को प्रभाव न्यूनीकरण र जनताको स्वास्थ्य प्रवर्धन गर्ने उद्देश्यले ‘प्रदेश पूर्वाधार, स्वास्थ्य प्रवर्धन तथा कोभिड पुर्नस्थापना साझेदारी कार्यक्रम’ कार्यान्वयन गरिने मन्त्री ढुङ्गेलले जानकारी दिए । उनले भने, – ‘यो कार्यक्रममार्फत भौतिक पूर्वाधार निर्माणलगायत स्वास्थ्य पूर्वाधार संरचना र उपकरण खरिदजस्ता कोभिड – १९ को प्रभाव न्यूनीकरण गर्ने प्रकृतिका आर्थिक पुर्नस्थापनाका कार्यक्रमहरु सञ्चालन गर्न रु २ अर्ब ४२ करोड बजेट विनियोजन गरेको छु ।’
ताजा अपडेट
-
अयोध्याबाट जनकपुर आइपुग्यो सरयु-कमला एक्सप्रेस रेल
-
नेपाल आईआईटी क्याम्पस खोल्ने विश्वको तेस्रो देश बन्ने
-
ताप्लेजुङ केन्द्रबिन्दु भएर ५.६ म्याग्निच्युडको भूकम्प, भारतसम्म महसुस
-
दशौं राष्ट्रिय खेलकुदका खेलहरू आजदेखि सुरु, आज यी पाँच खेलमा हुनेछन् प्रतिस्पर्धा
-
सरकारले निःशुल्क लोकसेवा तयारी कक्षाका लागि आवेदन खुलायो

प्रतिक्रिया