NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ असोज ३ गते

निर्वाचनअघि नै सबै नागरिकले खोप लगाइसक्नेछन् : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०२१ भित्रै सबै नागरिकलाई खोप लगाइसक्ने बताएका छन् । नेपाल बाल संगठनको केन्द्रीयसभाको अधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले ओलीले खोपको समस्या विस्तारै समाधान हुँदै गएको पनि दावी गरेका छन् ।  भर्चुअल माध्यममार्फत कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले आगामी वर्षदेखि प्रत्यक्ष भेटघाटबाटै यस्ता कार्यक्रमहरु गर्न सकिने जिकिर गरे । उनले निर्वाचन अघि नै सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने दावी गरेका हुन् ।  आगामी मंसिरमा निर्वाचन तोकिएको र त्यसअघि सबै नागरिकलाई खोप लगाएर मतदानका लागि तयार पारिने प्रधानमन्त्री ओलीको भनाइ छ ।  कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले बालबालिका नै देशको भविष्य भए पनि विगतमा राजनीतिक र सामाजिक व्यवस्थाका कारण सबै बालबालिकाले उपयुक्त लालनपालन, शिक्षा र खेलकुद जस्ता पाउनै पर्ने हक समेत नपाएको उल्लेख गरे । यसतर्फ विगतका प्रायः सबै सरकारको ध्यान नगएको र कहिले काहीँ बालमन्दिर जस्ता संस्था निजी स्वार्थका माध्यम हुन पुगेको प्रधानमन्त्रीको भनाइ थियो ।

ताजा अपडेट

नेपालवाच विशेष