NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ असार २३ गते

मास्क कालोबजारी गर्ने दुई औषधि व्यवसायी पक्राउ

हेटौडा । मास्क कालोबजारी गरेको आरोपमा प्रहरीले आज हेटौडाबाट दुई जना औषधि व्यवसायीलाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा हेटौडा उपमहानगरपालिका–१ स्थित अंसारी फार्मेसीका सञ्चालक साजित अंसारी र सक्षम औषधि पसलका सञ्चालक बब्लु पाण्डे रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  प्राप्त जनगुनासो र सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले अत्यधिक मूल्य लिएर मास्क बिक्री गरेको पाइएपछि ती औषधि पसलका सञ्चालकलाई पक्राउ गरी आवश्यक कानुनी कारबाही अगाडि बढाइएको प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए । पक्राउ परेकाहरुलाई कालोबजारी ऐनअन्तर्गत कारबाही हुने वताइएको छ । 

ताजा अपडेट

नेपालवाच विशेष