मदिरा सेवन गरी आफ्नै बाबुको हत्या

काठमाडौं । मोरङको बेलबारीमा मदिरा सेवन गरी एक छोराले आफ्नै बाबुको हत्या गरेका छन् । मोरङको बेलबारी नगरपालिका–९ डाँगाबजारका ८० वर्षीय दलबहादुर खत्रीलाई उनका ३५ वर्षीय छोरा जयबहादुर खत्रीले हत्या गेका हुन् ।
जयबहादुरले बुधबार राति साढे १० बजेतिर मदिरा सेवन गरी दलबहादुरसँग विवाद गरेका थिए । विवादका क्रममा उग्र भएका जयबहादुरले बाबु दलबहादुरलाई कुटपिट गर्नुका साथै घाँटी थिचेर हत्या गरेको प्रहरीले जनाएको छ ।
घटनाको जानकारी पाउनेबित्तिकै गएको प्रहरी टोलीले जयबहादुर खत्रीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको मोरङ प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, माघ १३, २०७८, १९:११:००
ताजा अपडेट
-
वायुसेवा निगमको सदृढीकरण अपरिहार्यः पर्यटनमन्त्री पाण्डे
-
निजामती विधेयकमा उठेका विषयमा छानबिन गर्न सभामुखलाई आग्रह
-
इजरायलसँगको १२ दिने युद्धमा इरानमा ९३५ जनाको मृत्यु
-
सभापति खतिवडाले राजीनामा दिनुपर्छ: माओवादी केन्द्र
-
दक्षिणी भारतको एक औषधि कारखानामा विस्फोट हुँदा ३६ जनाको मृत्यु
प्रतिक्रिया