पाँच वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ

झापा । सर्लाहीको बरथवा नगरपालिका–२ हजरियाका गंगा मगरलाई पाँच वर्षीया बालिका बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
बुधबार दिउँसो दुई बजेतिर झपाको बिर्तामोड नगरपालिका–२ मा रहेका चैतुवारीस्थित इटा भट्टामा काम गर्ने एक ५ वर्षीया बालिकालाई बलात्कार गरेको बालिकी आमाले प्रहरीलाई जानकारी गराएकी थिइन् ।
जानकारी पाउनासाथ प्रहरीले घटनास्थल पुगेर मगरलाई नियन्त्रणमा लिएको छ । आरोपी मगरविरुद्ध हिरासतमा राखेर अनुसन्धान भइरहेको छ भने बालिकाको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
प्रकाशित मिति: बिहीबार, माघ १३, २०७८, १९:२१:००
ताजा अपडेट
-
वायुसेवा निगमको सदृढीकरण अपरिहार्यः पर्यटनमन्त्री पाण्डे
-
निजामती विधेयकमा उठेका विषयमा छानबिन गर्न सभामुखलाई आग्रह
-
इजरायलसँगको १२ दिने युद्धमा इरानमा ९३५ जनाको मृत्यु
-
सभापति खतिवडाले राजीनामा दिनुपर्छ: माओवादी केन्द्र
-
दक्षिणी भारतको एक औषधि कारखानामा विस्फोट हुँदा ३६ जनाको मृत्यु
प्रतिक्रिया