जाडोमा सांसद साहको ज्याकेट र कोट चोरिएपछि…

धुनषा । मधेस प्रदेशका एक सांसदको ज्याकेट र कोट चोरिएको छ । मधेस प्रदेशका सांसद बाबुलाल साहको कोट र ज्याकेट बुधबार दिउँसो १२ बजेतिर चोरी भएको हो ।
धुनषाको जनकपुर उपमहानगरपालिका–६ नमस्कार चोकस्थित हिलटन होटलको अगाडि राखिएको गाडीबाट उनको कोट र ज्याकेट चोरी भएको प्रहरीले जनाएको छ ।
रौतहट निर्वाचन क्षेत्र नम्बर (क) बाट निर्वाचित सांसद साहको कोट र ज्याकेट बागमती प्रदेश ०२–००२५ च.२६९० नम्बरको कारको पछाडी सिटमा राखिएको अवस्थामा चोरी भएको हो ।
पछाडिको सिसा फुटाएर कोट र ज्याकेटमा मात्र नभइ कोटको खल्तीमा राखिएको १२ हजार नगद र बैंकका चेकसमेत चोरि भएको प्रहरीले जनाएको छ । यससम्बन्धमा प्रहरीले चोर्ने व्यक्ति खोजिरहेको छ ।
प्रकाशित मिति: बिहीबार, माघ १३, २०७८, १९:३३:००
ताजा अपडेट
-
वायुसेवा निगमको सदृढीकरण अपरिहार्यः पर्यटनमन्त्री पाण्डे
-
निजामती विधेयकमा उठेका विषयमा छानबिन गर्न सभामुखलाई आग्रह
-
इजरायलसँगको १२ दिने युद्धमा इरानमा ९३५ जनाको मृत्यु
-
सभापति खतिवडाले राजीनामा दिनुपर्छ: माओवादी केन्द्र
-
दक्षिणी भारतको एक औषधि कारखानामा विस्फोट हुँदा ३६ जनाको मृत्यु
प्रतिक्रिया