NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २६ गते

दुवै आँखा गुमाएर सर्वश्व हारेका किसानको सफलताको संघर्ष, पूरै गाउँलाई गरिबीबाट मुक्त गराए (फोटो फिचर)

काठमाडौं । चीनको हुबेई प्रान्तको डालिन गाउँमा ५८ वर्षीय गाउँले गुओ डारोङ बस्छन् । उनी आँखा देख्दैनन् । उनले ३० वर्षअघि दुर्घट्नामा आफ्नो आँखा गुमाए । तीनवटा शल्यकृया गरियो तर अझै आँखा देख्न सकेनन् ।

गुओ डारोङले आफ्नो आँखाको दृष्टिका लागि आफ्नो सबै बचत मात्र खर्च गरे । त्यसले पुगेन, उनले निकै धेरै ऋण गरे । तर, पैसा खर्च भए पनि आफ्नो आँखाको ज्योति पाउन सकेनन् ।

२८ वर्षको जवानीमै आँखा र सम्पत्ति गुमाए पनि उनले मनबाट आशा गुमाएनन् । उनले आफ्ना आफन्त, साथीभाइ र छिमेकीहरूको सहयोग र प्रोत्साहनले सुँगुर पाल्ने र तम्बाकु र चिकित्सा जडीबुटीहरू उब्जाउने जस्ता खेती सुरु गरे ।

उनले तीन दशक अनवरत मेहनत गरे । गुओ अब आफ्नो गृहनगरमा एक सफल पशु पालक र खेती विशेषज्ञको रूपमा प्रख्यात भइसकेका छन् र उनका सबै गाउँलेहरूले प्रशंसा गर्छन् ।

उनीसँग निजी कार, सानो र आरामदायी घर(भिल्ला) छ । उनी खुशी छन् र अहिले मिहेनतपछिको खुसी जीवनको आनन्द लिइरहेका छन् ।

गुओ भन्छन्, ‘म अहिले ठिक छु र म मेरा छिमेकीहरूलाई समृद्धि हासिल गर्न मद्दत गर्न चाहन्छु ।’ गुओको कडा परिश्रम गर्ने भावनाबाट प्रेरित भएर गुओको गाउँका १० भन्दा बढी घरपरिवारले पनि आफ्नो गरीबीलाई चिर्न सफल भएका छन् ।

सन् २०१८ मा गुओको गाउँ चरम गरिबीबाट बाहिर निकालिएको घोषणा गरिएको थियो । सबै गाउँलेहरूले पहिले भन्दा धेरै आम्दानी गरेका छन् । आज, गाउँमै उत्कृष्ट र मिहेनती किसानको उदाहरण बनेका गुओ धेरैका प्रेरणादायी व्यक्ती बनेको छिन्चु नेटले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, पुस १४, २०७८, १५:००:००