परिणामको डरले सत्तागठबन्धन स्थानीय तहको चुनाव नगराउने षड्यन्त्र गर्दैछ : गाेकर्ण विष्ट

काठमाडौं । नेकपा एमालेका सचिव एवम् पूर्वमन्त्री गोकर्ण विष्टले सत्ता गठबन्धन संविधानको अपव्याख्या गर्दै स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउने षड्यन्त्रमा लागेको आरोप लगाएका छन् ।
निर्वाचन आयोगले आगामी वैशाखभित्र निर्वाचन गर्न बारम्बार ताकेता गर्दासमेत सत्ता गठबन्धन लोकतान्त्रिक अभ्यासको बर्खिलापमा चुनाव टार्ने प्रपञ्च गरिरहेको उनको आरोप छ ।
‘सत्तागठबन्धन लोकतान्त्रिक अभ्यासको बर्खिलापमा चुनाव टार्ने प्रपञ्च गरिरहेका छन्’, शुक्रबार विष्टले फेसबुकमा उनले लेखेका छन्, ‘आगामी स्थानीय तहको निर्वाचनमा प्राप्त हुन सक्ने परिणामबाट तर्सिएर चुनाव नै सार्न जालझेल रच्ने पार्टीहरूबाट संविधान, लोकतन्त्र र जनादेशको संरक्षण हुन सक्दैन ।’
विष्टले लोकतान्त्रिक अभ्यासबाट नभाग्न र संविधानको कार्यान्वायन गर्न अविलम्ब स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न सरकारलाई आग्रह गरेका छन् ।
प्रकाशित मिति: शुक्रबार, माघ १४, २०७८, ११:३७:००
ताजा अपडेट
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
-
आर्थिक कुटनीति र लगानी प्रर्वद्धनका लागि चेम्बर र आईआरजीडीडीबीच सम्झौता
-
सामसङको ग्यालेक्सी बड्स सार्वजनिक, के छन् विशेषता ?
-
कैलालीमा ‘मेस वायर’ तारजाली निर्माण
प्रतिक्रिया